back
NMB ad

आज यसकारण टिक्न सकेन शेयर बजारमा हरियाली

Kumari bank ad

काठमाडौं । मौद्रिक नीतिको राहतले आइतबार चम्किएको सेयर बजार सोमबार फेरि ओरालो लागेको छ। सोमबार खुल्‍न साथ तीव्र गतिमा बढेको नेप्सेमा दुईपटक सर्किट ब्रेक लागेको थियो तर पछि बजार एकाएक घट्न लाग्यो।

पाँच प्रतिशत बढेर १५५६ मा पुगेको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार बजार १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा रोकिएको छ । सोमबार २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ।

परिसूचक उकालो लागेको बेला नाफा बुक गर्ने मध्यम लगानीकर्ताहरूको भीडले गर्दा बजारमा हरियाली टिक्न नसकेको बजार विश्लेषकले बताएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले आइतबार सेयर बजारमा उछाल आएको छ।

मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका थिए। आइतबार सेयर बजारमा अनियन्‍त्रित वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको थियो।नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको थियो।

वि.सं.२०७७ साउन ५ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...