back
NMB ad

राष्ट्र बैंकले ल्यायो २६ अर्बको नयाँ नोट बजारमा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार नोटमा केही नयाँ विशेषता रहेका छन् ।

बजारमा पठाइएका नयाँ नोटमा सुरक्षा विशेषताहरु यथावत रहे पनि हात्तीको संख्या थपिएको छ । नयाँ नोटमा चितवनमा देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’ को चित्र राखिएको छ ।

यसअघि एउटा मात्र हात्तीको चित्र अंकित भए पनि त्यो हात्री नेपालकै थियो वा अरु देशको भन्ने प्रष्ट थिएन । अब भने एक हजारको नोटको पृष्ठ भागमा आफ्नै देशका दुई जुम्ल्याहा राम–लक्ष्मणले छापिँदै मान्छेका खल्ती खल्तीमा बस्ने मौका पाएका हुन् ।

उक्त नोट तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालकै पालामा छापिएको पनि राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत रहेको छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको जनाइएको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १६:५१ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...