back
NMB ad

पृथ्वी राजमार्ग खुलाउन दुई दिन लाग्ने

Kumari bank ad

धादिङ । यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो ।

पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १०० स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ ।

प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ ।

नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:३० मा प्रकाशित

You can share this post!

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...