back
NMB ad

एभरेष्ट बैंकले ल्यायो ‘चाडपर्व विशेष कर्जा योजना’ : कुन कर्जामा कति ब्याजदर ?

Kumari bank ad

काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै ’चाडपर्व विशेष कर्जा योजना’ ल्याएको छ ।

यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो ’घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ’साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ’गाडी तथा मोटरसाइकल कर्जा’, तथा व्यक्तिगत प्रयोजनको लागि ’व्यक्तिगत कर्जा’, योजना ल्याएको छ ।

यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ ।

यस योजनामा सहभागी हुने ग्राहकहरुलाई क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ ।

स्थापना काल देखिनै ग्राहाकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटीएम बुथसहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:४७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...