back
NMB ad

कोरोना संक्रमित बढेपछि अहिलेसम्मकै कडा नियम लागू : के गर्न हुने, के नहुने ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा बढेपछि हङकङमा अहिलेसम्मकै कडा नियम लागू गरिएको छ। बुधबारदेखि त्यहाँ रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध, फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने तथा सार्वजनिक स्थानमा मास्क लगाउनैपर्ने नियम लागू गरिएको हो।

यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको हङकङमा अहिले लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्। यसैकारण हङकङमा पुनः प्रतिबन्ध कडा बनाइएको हो। बार, जिमखाना तथा ब्युटिपार्लर पहिलेदेखि नै बन्द छन्।

हङकङमा बिहीबार मात्र थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसबाट २३ जनाको मृत्यु भएको छ। यस्तै यसअघि गत सोमबार त्यहाँ १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्टर फर हेल्थ पोटेक्सनको संक्रामक रोग विभागका प्रमुख डा. चुआङ शुकक्वानले भनेका छन्, ‘अहिले रमाइलो गर्ने कुनै गुन्जाइस छैन। हामीले अवस्था नियाल्न जरुरी छि। अझै खतरनाक अवस्था त आइसकेको छैन तर संक्रमतिको तथ्यांकले चिन्ताजनक छ।’

हालै जुन बिरामीको मृत्यु भयो, ऊ एउटा केयर होममा बस्थे, जहाँ कम्तीमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्थानीय वैज्ञानिकले हङकङमा फैलिरहेको कोरोना महामारीप्रति चिन्ता व्यक्त गरेका छन्।

कम्तीमा २२ दिनदेखि भाइरसमा कुनै परिवर्तन देखिएको छैन। उनीहरूले भनेका छन्, ‘यसको अर्थ भाइरस आफैंले मानव शरीरलाई आफूअनुकूल बनाउँदै फैलिरहेको छ।’

कोरोना नियन्त्रणका लागि नयाँ नियम लागू गर्नुअघि हङकङको संसदीय निर्वाचन एक वर्षका लागि स्थगन गरिने खबर सार्वजनिक भएका थिए। सकारले यो निर्णय गरिसकेको तर आधिकारिक घोषणा गर्न बाँकी रहेको स्थानीय सञ्चारमाध्यमको दाबी छ। -बीबीसी

वि.सं.२०७७ साउन १४ बुधवार १०:४२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...