काठमाडौं । बुधबार थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।
कोरोनका सक्रिय बिरामीको संख्या ५ हजार २०३ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १४ हजार २१ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या १४ हजर ४७१ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
वि.सं.२०७७ साउन १४ बुधवार १६:२८ मा प्रकाशित