back
NMB ad

देशभर फेरि लकडाउन !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ ।

स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकामा आज मध्यरातिबाट लागु हुने गरी दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । वीरगञ्ज महानगरपालिकामा पनि कडाई गरिएको छ ।

काठमाडौं उपत्यकामा राति प्रवेशमा कडाई गरिएको छ । अब उपत्यकामा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउनको तयारी भएको बुझिएको छ । उपत्यकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण खतरनाक देखिएको छ । बितेको २४ घन्टामा चार जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जोखिम बढेको छ । यसलाई दृष्टिगत गरी सरकारमाथि रोकथामको उपाय अबलम्बन गरी लकडाउन फेरि गर्न दबाब बढेको हो ।

यसअघि हिजो आपूर्तिमन्त्री लेखराज भट्टले रिपोर्टर्स क्लब नेपालमा बोल्दै जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइने खुलाएका थिए । उनले भनेजस्तै सकरारले देशैभर लकडाउन नगरेपनि निश्चित स्थानमा जोखिमलाई दृष्टिगत गरी लकडाउन गर्ने नीति बनाइसकेको छ । -रिपोर्टसनेपालबाट

वि.सं.२०७७ साउन १७ शनिवार ०७:५८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...