back
NMB ad

एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न

Kumari bank ad

काठमाडौं । कोभिड –१९ अर्थात कोरोना त्रासका बाबजुुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ । जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो ।

कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो । यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले राससलाई जानकारी दिए ।

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रुपमा बाबुुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुुदायलाई सहयोग पुु¥याउनुपर्ने बताए ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षता सम्पन सो समेलनमा एनआरएनए आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ र सम्मेलनको संयोजक तथा एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दीपक केसीले सम्मेलनको विविध पक्षमाथि बोले । एनआरएनए जापानमा हाल नौ वटा क्षेत्रीय समिति तथा एक तदर्थ समिति रहेको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...