back
NMB ad

७ लाख कित्ता सेयर लिलामीमा, २ सयमा बोलकबोल हुँदै, तपाई छुट्नु त भएन ?

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाँउ रिजेन्सी होटलको सात लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । बैंकले खुल्ला बोलकबोलबाट यो सेयर विक्री गर्न लागेको हो ।

होटल स्थापना गर्दा दिएको कर्जालाई बैंकहरुले सेयरमा परिणत गरेर बैंकहरु सेयरधनी भएका थिए। यही सेयर नेपाल बैंकले बिक्री गर्न लागेको हो । यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो सेयर विक्री गरिसकेको छ ।

बैंकले प्रतिकित्ता न्युनतम दुई सय रुपैयाँमा बोलकबोल गराएर सेयर बेच्न लागेको हो । अहिले यो होटलको सेयर दोस्रो बजारमा प्रतिकित्ता दुई सय ६० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

खरिदकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमको सीमा तोकिएको छैन । १० लाख रुपैयाँसम्मको सेयर खरिद गर्नेले स्वेच्छिक रुपमा र त्यस माथि अनिवार्य रुपमा प्यान नम्बर पेश गर्नुपर्ने छ ।

बैंकको स्वामित्वमा रहेको सेयरको पहिलो हकदार स्पोन्सर लगानीकर्ता हुनेछन् । स्पोन्सर लगानीकर्ता नेपाल बैंकजस्तै अन्य लगानीकर्ता हुन् । समान मूल्य कोट भएमा पहिलो प्राथमिकता यस्ता स्पोन्सर लगानीकर्तालाई हुनेछ । जेठ ९ गतेसम्म बोलपत्र भर्न पाइनेछ, १० गते विक्री प्रबन्धकले बोलपत्र खोल्ने छ ।

२० बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २० सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...