back
NMB ad

अन्ततः फेरि लकडाउन गर्ने निर्णय : नयाँ मापदण्डसहित तोकियो पसल खोल्ने समय !

Kumari bank ad

इलाम । सूर्योदय नगरपालिकामा आज राति १२ बजेबाट अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ । नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकको निर्णय अनुसार लकडाउन गर्ने घोषणा गरिएको नगरद्धारा जारी सुचनामा उल्लेख छ ।

पछिल्लो समय सूर्योदय नगरपालिका सहित जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाले यो निर्णय गरेको वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।

कोरोनाको सम्भावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्यबाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय संघसंस्था, सामुदायिक तथा आवासीय विद्यालय, इन्स्टिच्युट, गैर सरकारी संस्था एवम सामाजिक संघसंस्था लगायतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु समेत संचालन नहुने प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

खाध्यान्न पसल र खाध्यान्न सामग्रीको हकमा बिहान ८ बजेबाट १२ बजेसम्म मात्र सामाजिक दुरी र सुरक्षाका न्युनतम मापदण्ड पालना गरी खुल्ला गर्ने गराउने व्यहोरा सुचनामा उल्लेख छ । यो निर्णय अर्को सुचना जारी नभएसम्मको लागि लागु हुने नगरले जनाएको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...