back
NMB ad

अब सवारी लाइसेन्समा पनि जोर बिजोर

Kumari bank ad

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको छ ।

कोरोना महामारी जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा सवारी चलाउन लगाइएको जोरबिजोर नम्बरको नियम यातायात व्यवस्था कार्यालयले पनि लागू गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले जारी गरेको सूचनाअनुसार सवारीधनीले अब जोर–बिजोर गते आफ्ना सवारीको नम्बरअनुसार नवीकरणको सेवा पाउनेछन् । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामका लागि पनि जोर बिजोरको नियम लागू हुनेछ ।

यातयात कार्यालयहरुमा भीडभाड बढेपछि नवीकरण र इम्बोस्ड नम्बर प्लेट बाहेक अन्य सेवा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । त्यस्तै यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ललितपुरले पनि सोमबारदेखि लाइसेन्सको नवीकरणमा जोर बिजोर प्रणाली लागु गरिने जनाएको छ ।

अब यातायात व्यवस्था कार्यालयका सवारी र लाइसेन्स नवीकरणका कार्यालयहरूले जोर–बिजोर गतेअनुसार आउने सेवाग्राहीलाई मात्रै सेवा दिने सूचनामा उल्लेख छ । नयाँ व्यवस्थाले भीडभाड कम हुन गई संक्रमणको जोखिम कम हुने विभागको अनुमान छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...