काठमाडौं । सोमबार नेप्सेमा उछाल नै आएको छ । आज बजार परिसूचक नेप्से करिब ३८ अंकले वृद्धि हुँदा पुनः १४०० अंक माथि उक्लिएको छ भने कारोबार रकम पनि डेढ अर्ब नाघेको छ ।
आइतबार १३९२.६८ अंकमा बन्द भएको नेप्से सोमबार ३७.७४ अंकले बढेर १४३०.४२ अंकमा बन्द भएको छ । सोमबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।
सोमबार १८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १६:०० मा प्रकाशित