back
NMB ad

आज सार्वजनिक बिदा

Kumari bank ad

पाल्पा । आज सार्वजनिक बिदा दिएको छ । भगवती मन्दिरमा मेला लाग्ने दिन आज प्रदेश ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताए।

मुख्यमन्त्री पोखरेलले मंगलबार शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए। उनले कोभिड –१९ विरुद्धको संघर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गरे।

मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए।

उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा सीमित व्यक्तिको सहभागिता हुने छ।

वि.सं.२०७७ साउन २८ बुधवार ०७:५१ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...