back
NMB ad

रुसी भ्याक्सिन यी २० देशले किन्दै

Kumari bank ad

एजेन्सी। रुसले बनाएको कोरोना भ्याक्सिन किन्न छिमेकी भारतलगायत अन्य २० मुलुकले रूचि देखाएका छन् । रुसी भ्याक्सिन ‘स्पुतनिक भी’बारे बनाइएको वेबसाइटमा यूएई, साउदी अरब, इन्डानेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको तथा भारतले किन्ने चाहेको उल्लेख गरिएको छ ।

रुसले यो भ्याक्सिनको २० करोड डोज बनाउने र तीन करोड रुसी जनताका लागि हुने बताइएको छ। रुसी कोरोना भ्याक्सिन परियोजनाको लागि कोष उपलब्ध गराउने संस्था ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’का अनुसार यो भ्याक्सिनको उत्पादन भारत, दक्षिण कोरिया, ब्राजिल, साउदी अरब, टर्की र क्युबामा गरिने छ। भ्याक्सिनको तेस्रो परीक्षण साउदी अरब, यूएई, ब्राजिल, भारत र फिलिपिन्समा गरिने पनि जानकारी दिइएको छ ।

भ्याक्सिन ठूलो परिमाणमा उत्पादन सेप्टेम्बर २०२० देखि शुरू हुने अपेक्षा गरिएको छ। यो वर्षको अन्त्यसम्ममा २० करोड डोज बनाउने योजना रहेको छ । उत्पादनको तीन करोड डोज रुसमै खपत गरिने छ। भ्याक्सिनप्रतिको विश्वासका लागि पुटिनकी छोरीले परीक्षणमा भाग लिएकी छन्।

पहिलो चरणको भ्याक्सिनेसनपछि उनको शरीरको तापमान ३८ डिग्री सेल्सियस रहेको र अघिल्लो दिन ३७ डिग्री रहेको थियो। पछि तापमान सबै ठीक भएको थियो। अहिले उनले आफूलाई सहज महसुस गरेकी छन्।

पुटिनले भ्याक्सिन उत्पादनसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्। उनले यसलाई दुनियाँका निम्ति महत्वपूर्ण कदम बताएका छन्। सबैले रुसी भ्याक्सिनलाई सहयोग गर्ने पनि उनले विश्वास व्यक्त गरे।

रुसी भ्याक्सिनका विषयमा विश्व स्वास्थ्य संगठनका साथै अमेरिका, जर्मनीलगायतका मुलुकले आशंका जनाएका छन्। भ्याक्सिनको विश्वसनीयता मापन हुनुपर्ने र अन्तर्राष्ट्रिय मापदण्डमा खरो उत्रनु पर्ने उनीहरूको भनाइ छ।

वि.सं.२०७७ साउन २८ बुधवार १२:५३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...