back
NMB ad

धितोपत्र बोर्डले ल्यायो नयाँ नियम, अब धेरैभन्दा धेरैले सेयर किन्न सक्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन तथा बोलकबोल मार्फत विक्री गर्ने सेयरमा नयाँ व्यवस्था गरेको छ । बोर्डले यस्तो सेयर बिक्रीलाई थप प्रभावकारी बनाउन फरक फरक सञ्चार माध्यममा फरक फरक समयमा सूचना प्रकाशित गर्न निर्देशन दिएकोछ ।

एक पटक वा एक सञ्चार माध्यममा मात्रै सूचना प्रकाशित गर्दा लगानीकर्ताले जानकारी पाउन कठिन भएको भन्दै बोर्डले कम्पनीको आफ्नो वेव साइट बाहेक न्युनतम सात वटा सञ्चार माध्यममा हकप्रद निष्काशनको सूचना प्रकाशित गर्न निर्देशन दिएको छ ।

हकप्रद निष्काशन भएको पहिलो साता कम्तिमा दुई वटा राष्ट्रिय स्तरको पत्रिका, दोस्रो साता एक राष्ट्रिय आर्थिक दैनिक, तेस्रो साता कम्तिमा दुई वटा प्रमुख अनलाइन र चौथो साता दुई वटा एफएम रेडियामार्फत सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तो सूचनामा हकप्रद सेयर खुल्ला भएको मिति, बन्द हुने मिति विक्री प्रबन्धकको नाम, हकप्रदको अनुपात जस्ता विषय खुलाउनु पर्नेछ ।

त्यस्तै बोलकबोलमा विक्री गर्ने सेयरको लागि पनि अनलाइन, आर्थिक दैनिक र एफएम रेडियो मार्फत सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

२२ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २२ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...