back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुर ग्वार्कोमा अवस्थित क्वेस्ट इन्टरनेसनल कलेजसँग वित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पु¥याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

क्वेस्ट इन्टरनेसनल कलेजका तर्फ बाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गरे ।

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको क्वेस्ट इन्टरनेसनल कलेजले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको छ र सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।

उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले क्वेस्ट इन्टरनेसनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ ।

यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १६:५९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...