back
NMB ad

भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र यातायातका साधन बन्द हुने !

Kumari bank ad

काठमाडौं । चितवन जिल्लामा शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बजार, कार्यालय र यातायातका साधन बन्द हुनेछन् ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म मात्र घर बाहिर निस्कन पाइने उल्लेख गरेको छ ।

त्यस्तै लामो दूरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शववाहन, तरकारी, फलफूल तथा दूध ढुवानीका गाडी, पशुपंक्षीको दाना बोक्ने गाडी, खानेपानी र इन्धन बोक्ने ट्यांकर पनि चल्न पाउनेछन् ।

निषेधाज्ञा लगाइएका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधन र अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी साधन मात्र चल्न पाउनेछन् । आधारभूत खाद्य सामग्री, पेट्रोल पम्प, ग्यास डिपो, औषधी पसलमात्र खुल्न पाउनेछन् ।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयबाहेक अन्य सरकारी कार्यालय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारीका सेवा पनि बन्द हुनेछन् । विवाह ब्रतबन्धलगायतका धार्मिक, साँस्कृतिक भेला तथा जमघट पनि बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

सुरक्षा मापदण्ड अपनाएर उद्योग परिसरभित्रै कर्मचारीलाई क्वारेन्टिनमा राखेर उद्योग सञ्चालन गर्न भने पाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १७:५१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...