back
NMB ad

पूर्वाञ्चल महोत्सवको तयारी, गाईघाटमा चितवनको हात्ती

Kumari bank ad

त्रियुगाईघाट । गा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार तयारी अन्तिम चरणमा पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गजेन्द्र भगतले बताए ।

गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रमा सञ्चालन हुन गइरहेको पूर्वाञ्चल महोत्सवमा यस पटक सहभागी हुन आउने आगन्तुकका लागि छुट्टै मनोरञ्जन सुविधाको व्यवस्था गरिएको आयोजक त्रियुगा उद्योग वाणिज्य सङ्घले बताएको छ ।

चितवनबाट हात्ती झिकाइएकाकारण महोत्सवमा हात्तीबाट पर्यटक तथा आगन्तुकलाई गाईघाट बजार क्षेत्र सवार गराइने व्यवस्था रहेको छ ।

यस्तै, हेलिकप्टरबाट जिल्लाको प्रसिद्ध ऐतिहासिकस्थल चौदण्डी गढी र धार्मिकस्थल रौता, पञ्चावती गढी सहितका स्थानमा पर्यटक र आगन्तुकलाई प्रत्यक्ष भ्रमण गराइने व्यवस्था गरिएको आयोजकले बताएका छन् । यसका लागि अहिलेदेखि नै टिकट बुकिङ खुल्ला गरिएको आयोजकले बताए ।

यस्तै, जिल्ला भित्रका आदिवासी, जनजातिलगायत अन्य जनजातिहरुको वेशभूषा झल्कने साँंस्कृतिक झाँकी र नृत्यको समेत प्रदर्शन गरिने आयोजकले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने वस्तुको बिक्री र प्रदर्शनीलाई विशेष जोड दिइने सङ्घका अर्का वरिष्ठ उपाध्यक्ष भरत राईले बताए ।

साथै, राष्ट्रिय तथा स्थानीयस्तरका विभिन्न कलाकारबाट दैनिक गायन तथा नृत्य प्रदर्शन सहितका कार्यक्रम सञ्चालन गरेर आगन्तुकलाई भरपुर मनोरञ्जन दिने आयोजकको दाबी रहेको छ । नौदिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा करिब दुई करोडभन्दा माथिको आर्थिक कारोबार हुने र अढाइ लाखसम्म आगन्तुक पर्यटक महोत्सवमा सहभागी गराउने आयोजकले बताएका छन् ।

यसपटक महोत्सवको मुख्य लक्ष्य भनेको जिल्लामा उत्पादित वस्तुको परिचय गराउनु र बिक्री गर्नु तथा जिल्लाभित्र रहेका महत्वपूर्ण पर्यटक, ऐतिहासिक तथा धार्मिकस्थलका बारेमा महोत्सवमा सहभागी आगन्तुकलाई भ्रमण गराउनु र जिल्लाको परिचय गराउनु रहेको सङ्घका अध्यक्ष भगतले बताएका छन् ।

वैशाख २४ देखि जेठ १ गतेसम्म सञ्चालन गर्ने भनिएको उक्त तेस्रो पूर्वाञ्चल महोत्सव प्राविधिक कारणवश ढिलाइ भएका कारण जेठ १ देखि १० गतेसम्म सञ्चालन गर्न लागिएको आयोजकले बताए । महोत्सवमा निजी क्षेत्रको दूरसञ्चार सेवा एनसेल मुख्य प्रायोजकको रुपमा रहेको छ भने सहप्रायोजकका रुपमा श्रीराम मसला उद्योग रहेको छ ।

२३ वैशाख २०७३

वि.सं.२०७३ वैशाख २३ बिहीवार १०:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...