back
NMB ad

बुढीगण्डकी आयोजनाले बाँड्यो ३२ अर्ब मुआब्जा

Kumari bank ad

धादिङ । प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।

धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्माण गर्ने तयारी हुँदैछ। आयोजनाबाट प्रभावित हुनेहरुलाई सरकारले सो रकम वितरण गरेको हो।

गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटार रहेको आयोजना इकाई कार्यालयमार्फत प्रभावित क्षेत्र पहिचान, मुआब्जाका लागि निवेदन संकलन र मुआब्जा वितरण लगायतका कार्य गर्दै आइरहेको छ।

आयोजना इकाई कार्यालयका प्रमुख इन्जिनियर रितेश रावलका अनुसार धादिङ जिल्लातर्फ २३ हजार ८२७ रोपनीको १५ अर्ब ७२ करोड र गोरखा तर्फको २३ हजार ६१३ रोपनीको १६ अर्ब ५१ करोड गरि ३२ अर्ब २७ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको हो।

धादिङ र गोरखाको प्रभावित क्षेत्रमा पर्ने थप घरगोठ लगायतका संरचनाहरु, बोटबिरुवा तथा फलफूलको तथ्याङ्क संकलनको कार्य भइरहेको छ भने फिल्डबुकमा कायम भएका, तर लालपुर्जा नभएका जग्गाहरूबारे नीतिगत निर्णय हुन बाँकी रहेको इन्जिनियर रावलले बताए।

धादिङको खहरे, विशालनगर र गोरखाको आरुघाट र आरखेत बजार क्षेत्रमा प्राविधिक टोली खटाई घरगोठ लगायतका संरचनाहरु, बोटबिरुवा तथा फलफूलको तथ्याङ्क लिने काम यही भदौ मसान्तभित्र सक्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ। आयोजना निर्माण गर्दा धादिङ र गोरखाका साविकका २७ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्‌।

नेपालको सबैभन्दा ठूलो जलाशययुक्त आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत आयोजनालाई लिइएको छ। आयोजनाको ढाँचा कस्तो हुने र कसले बनाउने भन्ने टुंगो नलागेपनि टेण्डर डकुमेन्टसहित विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको इकाई प्रमुख इन्जिनियर रावलले जानकारी दिए।

आर्थिक वर्ष २०७३/०७४ देखि बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण शुरू भएको थियो। धादिङ र गोरखाका गरी कूल ५८ हजार १५२ रोपनी जमिन प्रभावित क्षेत्रभित्र परेको छ।

मुआब्जा वितरण शुरु गर्दा आरुघाट, आरखेत, खहरे र विशालनगर बजार क्षेत्र बाहेकको मात्र मुआब्जा निर्धारण भएकोमा २०७६ मंसिर १५ गते मात्रै यस क्षेत्रको मुआब्जा निर्धारण गरिएको थियो।

इकाई कार्यालयले जमिनको मुआब्जा वितरणसँगै त्यसभित्र पर्ने घरगोठ लगायतको भौतिक संरचना, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलनका साथै चक्रपथको सर्भे कार्य शुरु गरेको इकाई प्रमुख रावलले बताए।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...