back
NMB ad

कोरोना कहर : २४ हजार कर्मचारी कटौती गर्ने !

Kumari bank ad

एजेन्सी । बेलायती कम्पनीमा कर्मचारी कटौती बढेको छ । कोरोना भाइरसको महमारीका कारण उत्पन्न हानिकारक आर्थिक प्रभावका कारण योजनाबद्ध रोजगारी कटौती बढेको हो ।

बीबीसीले प्राप्त गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा बेलायती कम्पनीहरुको योजनाबद्ध कर्मचारी कटौती पाँच गुणाले बढेको छ ।

जुनमा बेलायतका १ हजार ७७८ कम्पनीहरुले कुल १ लाख ३९ हजार कर्मचारीलाई कामबाट निकाल्ने योजनाबारे सरकारलाई जानकारी गराएका थिए । गत वर्षको जुनमा भने यस्तो जानकारी गराउने कम्पनीको संख्या ३४५ थियो भने यिनीहरुले कुल २४ हजार कर्मचारी कटौतीको घोषणा गरेका थिए ।

बेलायतमा २० वा सो भन्दा धेरै संख्यामा कर्मचारीलाई कामबाट निकाल्ने योजना भए कम्पनीहरुले इन्सल्भेन्सी सर्भिसलाई जानकारी गराउनु पर्छ ।

महामारीको अवधिमा कम्पनीहरुबाट तलब नपाएका करीब १ करोड कर्मचारीको तलब सरकारले भुक्तानी गरिहेको छ । अक्टोबरमा यो कार्यक्रम सकिएपछि बेरोजगारी दर झनै बढ्ने अर्थशास्त्रीहरुको प्रक्षेपण छ ।

यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा बेलायतको अर्थतन्त्र २० प्रतिशतभन्दा धेरैले खुम्चिएको थियो । हालैका दिनका अर्थतन्त्रमा सुधारका केही संकेत देखिएको भएपनि सन् २०२० को अन्त्यमा अर्थतन्त्र ९ दशमलव ५ प्रतिशत सानो हुने केन्द्रीय बैंक ‘बैंक अफ इंगल्याण्ड’ले बताएको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...