back
NMB ad

जलविद्युत कार्यालयमा आगलागी : ६ को मृत्यु, ३ जना भित्रै थुनिए

Kumari bank ad

नयाँदिल्ली । भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ । अरु ३ जना भित्रै थुनिएका छन् ।बिहीबार राति भएको आगलागीमा ९ जना थुनिएका थिए । बिहान मात्रै ६ जनाको शव फेला परेको हो ।

तेलंगनाको श्रीसैलम जलविद्युत कार्यालयमा आगलागी भएको हो । जुन आन्ध्र प्रदेशसँग जोडिएको तेलंगनाको सीमा क्षेत्रमा पर्छ ।शुक्रबार दिउँसोसम्म पनि आगलागीभित्र थुनिएका तीनजनालाई उद्धार गर्ने प्रयास भइरहेको स्थानीय मिडियाले जनाएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार शव भेटिएकामध्ये दुईजना त्यहीँ कार्यरत एसिस्टेन्ट इन्जिनियर भएको कार्यालयका कर्मचारीहरुले जनाएका छन् ।

कार्यालयबाट दिउँसोसम्म पनि बाक्लो धुवाँको मुस्लो टनेलबाट उडिरहेको छ । घटनासँगै त्यहाँ कार्यरत १० जना कर्मचारी भाग्न सफल भएका थिए भने डिभिजन इन्जिनियर, एसिस्टेन्ट इन्जिनियर सहित ९ जना थुनिएका हुन् ।

तेलंगनाको मुख्यमन्त्री कार्यालयले यस घटना कसरी भयो भन्ने बारे विस्तृतमा छानविन गर्ने जनाएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले भने यस घटनासँगै आफ्नो अर्को एक भ्रमण कार्यक्रम स्थगित गरेका छन् । -एजेन्सी

वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...