काठमाडौं । गुल्मीमा शुक्रबारबाट राति १२ बजेदेखि लकडाउन सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको बैठकले एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको हो ।
कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी शुक्रबार राति १२ बजेदेखि एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार २१:२२ मा प्रकाशित