back
NMB ad

‘खल्ती’ बाट पिइएकाे शुल्क तिर्न सकिने

Kumari bank ad

काठमाडौं । इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क ’खल्ती’ डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् ।

पिइए एसोसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ । इन्जिनियरिंग अध्ययन संस्थामा आवद्ध व्यवसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पिइए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा संचालित रहेको पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले जानकारी दिए । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएको सुविधा लिन निकै सहज हुने छ,’ उनले भने ।

पिइएबाट हजारौंले प्रवेश परीक्षाको तयारी गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट कलेजहरूमा भर्ना हुने अबसर पाएका छन् । यस संस्थासँग उच्च तालिमप्राप्त बर्षाैंको अनुभव हासिल गरेका प्रशिक्षकहरू छन् । यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाइ प्रतिस्पर्धमा खरो रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीको स्तरोन्नती गरिरहेको छ । संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगको शुल्क तिर्न सकिन्छ ।

’खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ’खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ’खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...