काठमाडौं । नेपाली बजारमा लगातार घटेको सुनको भाउ आइतवार भने सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो । आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ भदौ १४ आइतवार ११:२७ मा प्रकाशित