काठमाडौं । असोज १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधन संचालन शुरू गर्ने निर्णय भएको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको थियो । तर, कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ गते सारिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
यस्तै, आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
वि.सं.२०७७ भदौ १६ मंगलवार ०७:२८ मा प्रकाशित