back
NMB ad

वैकल्पिक शिक्षाका लागि नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता, टेलिकमले दियो यस्ता सुविधाहरु

Kumari bank ad

काठमाडौं । कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ ।

हिजो (मिति २०७७भदौ १५ गते) सम्पन्न भएको सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पीलर्निङ प्याक’९ज्बउउथ ीभबचलष्लन एबअप०सहज रुपले प्रयोग गर्न सक्नेछन् । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्षएवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गर्नुभएको हो ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच गत भदौ ८ मा सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पीलर्निङ प्याक’आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।

सो प्याकेजकाप्रयोगकर्ताले रु. ३१५।(मा २४ जीबी र रु. ५००।(मा ३५ जीबीडाटाप्राप्तगर्न सक्नेछन् ।२४ जीबीडाटाप्याकेजमा२० जीबीडाटाजुम, माइक्रोसफ्ट टिम्स  र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ४ जीबीडाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबीडाटा प्याकेजमा ३० जीबीडाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ५ जीबीडाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

ह्याप्पीलर्निङ प्याक नेपाल टेलिकमले प्रदानगर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यीदुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

सो सम्झौताअनुसार नेपाल टेलिकमको ‘ह्याप्पीलर्निङ प्याक’प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्तप्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची [email protected] मा इमेलमार्फत पठाउनु पर्नेछ ।

यसका साथै विद्यार्थीहरुले कलेजको सहायताबिना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मागएर आवश्यक विवरण लेखी ह्याप्पीलर्निङ प्याकलिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् ।

यस्ता किसिमकाई–लर्निङ एप्लिकेसनहरुको प्रयोगको लागिभविष्यमाधेरै भोल्युमको आवश्यकता परेमाप्रयोगकर्ताहरुको आवश्यकता बमोजिम नेपाल टेलिकमले सस्तो दरमा थप भोल्युम तथा ई–लर्निङ एप्लिकेसनहरु समेत उपलब्ध गराउने छ ।

ह्याप्पीलर्निङ प्याक उपयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमाआबद्ध रहनुभएका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १३:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...