back
NMB ad

अन्ततः निषेधाज्ञा लम्ब्याउने निर्णय, भोलिदेखि जोर बिजोर प्रणालीमा सवारी संचालन गर्न पाउने !

Kumari bank ad

मोरङ । जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न पाउने गरी मोरङमा जारी निषेधाज्ञाको समय भदौ २२ गतेसम्मका लागि लम्बाउने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकपछि निषेधाज्ञालाई केही परिमार्जन गरी २२ गतेसम्म बढाउने निर्णय गरिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार यस अवधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइएको छ। यसअघि सवारी सञ्चालनमा रोक लगाइएको थियो। भदौ १० गते जारी गरिएको निषेधाज्ञाको समय मंगलबार राति १२ बजेबाट सकिने क्रममा प्रशासनले निजी सवारी बाहेक सार्वजनिक सवारीलाई रोक नै लगाएको छ।

त्यसैगरि १२ बजे दिउँसोसम्म अत्यावश्यक सामाग्रीका पसल खुला गरेको प्रशासनले २२ गतेसम्मका लागि बजार तथा पसल ४ बजे अपराह्नसम्म खोल्न सकिने निर्णय गरेको छ। यद्यपि शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रमुख निरौलाले जानकारी दिए।

निषेधाज्ञाका क्रममा सैलुन, ब्यूटीपार्लर, गुद्रीबजार, हाटबजार भने खोल्न नपाइने निर्णय यथावत रहेको छ। त्यसैगरि सामूहिक भेला, महोत्सव, जात्रा जस्ता गतिविधि गर्न रोक लगाइएको छ।

प्रजिअ निरौलाले सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा प्रवाह गर्न सक्ने जानकारी दिए। त्यसैगरि, बैठकले जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न लगाएको प्रतिबन्धमा कुनै फेरबदल गरेको छैन।

वि.सं.२०७७ भदौ १६ मंगलवार १९:०२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...