back
NMB ad

डलरको भाउ निरन्तर ओरालो, यस्तो छ घट्नुको मुख्य कारण !

Kumari bank ad

काठमाडौं । अमेरिकी डलर निरन्तर कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर ११६ रुपैयाँ ८९ पैसा बिक्रीदर तोकेको छ । एक सातायता डलरको भाउ घट्दै गएकोछ । डलर बलियो भएर १२० रुपैयाँ हाराहारी रहेको थियो ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७३.५९ भारु तोकेको छ । भारुसंग नेपाली रुपैयाँको स्थीर विनियमदर भएकाले भारतमा घटेपछि यसको असर नेपालमा पर्ने गरेको छ ।

छिल्लो समय चीनको अर्थतन्त्र विस्तारै रिभाईभ भइरहेको छ । यसले डलरलाई कमजोर बनाएको बताइएको छ । चिनियाँ अर्थतन्त्र तंग्रिँदै जानु नै डलर कमजोर हुनु हो ।

डलरको मूल्य घट्दा नेपाललाई ठूलो फाइदा पुग्छ । किनभने, नेपालले भोलि ठूलो परिमाणमा आयात गर्नुपर्ने हुन्छ । आर्थिक क्रियाकलाप विस्तार गर्नुपर्छ । आर्थिक क्रियाकलाप विस्तारमा यसले मार्ग प्रसस्त गर्छ । आयातित वस्तुको मूल्य सस्तो बनाउने काम गर्छ ।

नेपालले लिएको बैदेशिक ऋणको ठूलो ब्ययभार बढ्दै गइरहेको अवस्थामा डलरको मूल्य ओरालो लाग्दा त्यसले दायित्व कम गराउँ छ ।
नेपालका उद्योगहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर यहाँ तयारी वस्तु बनाउने गर्छन । त्यसमा पनि डलरको मूल्य ओरालो लाग्दा फाइदा हुन्छ ।

डलर कमजोरले रेमिट्यान्स आप्रवाहमा केही असर गर्न सक्छ । किनभने, १२०÷१२१ रुपैयाँ हुँदा जुन गतिमा रेमिट्यान्स आइरहेको थियो । त्यसमा केही असर पर्न सक्छ ।

कामदारहरुले पछि डलरको मूल्य बढ्ने आशमा उतै पैसा होल्ड गर्न सक्छन् । यदि सामान्य अवस्था भएको भए यसले रेमिट्यान्स भित्रिन केही असर गर्न सक्छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार ११:५८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...