back
NMB ad

कलंकी–चावहिल सडक विस्तारका लागि हटाइयो संरचना : अब १/१ किमीकाे फरकमा आकाशे पुल

Kumari bank ad

काठमाडौं । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चावहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक विस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउने बाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।

चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तार गर्ने भएको छ । ११ दशमलव ६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ ।

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै यो सडकमा रहेका दुई हजार एक सय रुख काटिएको छ ।

सडकको मुख्य भागबाट दुवैतर्फ ३१र३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाण्डौ चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । कतिपय स्थानीयवासीले विरोध गरे पनि मुआब्जा दिइने भएकाले समस्या नहुने उहाँको भनाइ छ ।

उहाँका अनुसार ती घर भत्काउन आयोजनाले नै मूल्याङ्कन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उहाँले भन्नुभयो, ’अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।’ स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले त्यो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ ।

आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रुख काटिसकेको छ । सडक निर्माण सुरु भएपछि नै नयाँ रुख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रुख रोपिएको थियो । उहाँले भन्नुभयो, ’यो खण्डमा सडक बनाइरहँदा रुख पनि रोपिनेछ ।’

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन ।

एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने र अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । विसं २०७१ मा सुरु भएको सडक निर्माण विसं २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन सुरु गर्ने बताइएको छ ।

यो सडकमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गएको चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँ–बायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ ।

आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । पहिलो चरणमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले ६ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एकरएक किमी फरकमा आकाशे पुल बन्ने छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १६:०५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...