back
NMB ad

रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु, हत्या गरिएको आफन्तको आरोप

Kumari bank ad

कैलाली । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ ।

 

कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । पहराई क्रियाशील दलित पत्रकार संघ, कैलालीकी सहसचिव समेत हुन् ।

कैलाली एफ.एम.मा कार्यरत उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा शव फेला परेपनि हत्या गरेर रुखमा झुण्ड्याइएको आफन्तको आरोप छ ।

दुई दिनअघि घरबाट सम्पर्कविहिन भएकी उनको खोजी गर्दा जंगलमा शव भेटिएको हो । उनको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कैलाली लगिएको छ ।

गैरदलित युवकसँग प्रेममा थिइन !

पछिल्लो केही बर्षयता पत्रकारितामा सक्रिय उनी रेडियोकै एक पत्रकारसँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । पहराईका केही साथीहरुका अनुसार उनी रेडियोमै काम गर्ने युवकसँग प्रेम सम्बन्धमा रहेको पाइएको हो ।

गैरदलित समुदायका युवकसँग प्रेम सम्बन्धमा रहेको भएपनि ‘जात नमिल्ने’भन्दै उनले पटक पटक दुव्र्यवहार भोग्दै आएकी थिइन् । पछिल्लो केही समय तनावमा देखिएकी उनको शुक्रबार भने जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

शव भेटिएको स्थल समेत शंकास्पद रहेकाले निष्पक्ष छानबिनको माग गर्दै आफन्तले हत्या गरेर घटनालाई आत्महत्याजस्तो देखाउन खोजिएको आरोप लगाएका छन् । प्रहरीले भने थप अनुसन्धान शुरु गरेपनि अहिलेसम्म किटानी जाहेरी नपरेको जनाएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १७:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...