back
NMB ad

असोज मसान्त अघि नै परीक्षा सक्ने, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

 

 

यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन्। वैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दसैंअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन्।

 

 

यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरूसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन्।

 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै कोभिड–१९ जोखिमका कारण बन्दाबन्दी रहेको अवस्थामा असार १ गतेदेखि कार्यान्वयन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरी विद्यालयलाई शैक्षिक वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिएको थियो।

 

 

त्यही निर्देशनअनुसार देशभरिका विद्यालयले अनलाइन, जुम, मेसेन्जर, ह्वाट्सएप, रेडियो, टेलिभिजन, फोन तथा प्रिन्टिङ सामग्री प्रयोग गरी पठनपाठन सुरु गरेका थिए।

केही विद्यालयले प्रभावकारी रुपमा भर्चुअल कक्षा सञ्चालन गरे पनि धेरैजसो सरकारी विद्यालयका विद्यार्थीले अनलाइन कक्षामा सहभागिता जनाउन सकेका थिएनन्।

तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ अन्तिम साता चैत मसान्तभित्रै शैक्षिक सत्र पूरा गर्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा २०७७ जारी गरी वैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी मान्यता दिएपछि सरकारी विद्यालयको अनलाइन कक्षासमेत प्रभावकारी बन्दै गएको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।नागरिकमा खबर छ ।

वि.सं.२०७७ असोज ५ सोमवार ०८:१३ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...