back
NMB ad

तोकिएकै विषयमा खर्च नहुँदा जीर्ण प्रचीन धरोहरहरु !

Kumari bank ad

डडेल्धुरा । जिल्लाका विभिन्न ठाउँमा रहेका प्राचीनकालका धरोहर जीर्ण भई लोप हुने अवस्थामा रहेका छन् । पर्यटकीय आकर्षण बन्न सक्ने प्राचीन देवल, नौला र केही मन्दिर जीर्णोद्धार हुन नसक्दा हराउने अवस्थामा पुगेका हुन् ।

देवलदिव्यपुर गाविसका देवल, कोटेली गाविस, अजयमेरुकोटमा रहेका छुट्टाछुट्टै इतिहास बोकेका इतिहासकालीन देवल, मन्दिरलगायत, नौलासमेत जीर्ण भई लोप हुँदै गइरहेका स्थानीयवासीको भनाइ छ ।

अजयमेरु गाविसमा रहेको एक हजार ३०० वर्ष पुरानो इतिहास बोकेको अजयमेरुकोट पनि जीर्ण भई नामोनिसानसम्म नरहने अवस्थामा पुगेको छ । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको बुद्धिजीवी र इतिहासका जानकार बताउँछन् ।

त्यसैगरी, देवलदिव्यपुर गाविसमा रहेका धार्मिक तथा ऐतिहासिक देवल पनि जीर्ण भइसकेकाले बिस्तारै हराउँदै गइरहेका स्थानीयवासी वसन्ती पालले बताउनुभयो । देवलका ढुङ्गा निस्केकाले भत्किरहेको पालको भनाइ छ । जीर्ण बनेका भवनबाट १०औँ फिट लामा ढुङ्गाको चोरी हुनु र सम्बन्धित पक्ष, सरोकारवाला निकायले यसको महत्व र मूल्य नबुझ्दा पौराणिककालको इतिहास खतरामा पर्न गएको छ भने पर्यटकीय आकर्षण पनि मेटिने अवस्थामा पुगेको अजयमेरुका गाविस सचिव कृष्ण ऐरले जानकारी गराउनुभएको छ ।

पर्यटकीय दृष्टिकोणले पनि आकर्षक रहेको अजयमेरुकोट, देवल र प्राचीनकालीन मन्दिरको मर्मतसम्भारका लागि ठूलो धनराशि खर्च हुने भए पनि पैसाको सदुपयोग नहुँदा पुराना कुरा हराउँदै गएका र जीर्ण अवस्थामा नै रहेको स्थानीय बासिन्दाको भनाइ छ । अजयमेरुकोटको उचित सम्भार र संरक्षण नहुँदा स्थानीय पर्यटकसमेत आउन छोडेकाले पर्यटकलाई आकर्षण गर्न अजयमेरुकोट हाटमा होमस्टे सञ्चालन गर्न सहयोग पु¥याएको गैरसरकारी संस्था रुडुकका कार्यकारी निर्देशक रोहित देउवाले बताए ।

यी सम्पदाको संरक्षण र मर्मतसम्भारका लागि बर्सेनि स्थानीयस्तर, पर्यटन कार्यालय र पुरातत्व विभागबाट समेत बजेट आउने भए तापनि सम्बन्धित कुरामा खर्च नहँुँदा ती जीर्ण नै रहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

३० बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३० बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...