back
NMB ad

असोज १५ देखि यी तीन देशबाट नियमित उडान हुने, उडान सङ्ख्या पनि थपियो

Kumari bank ad

काठमाडौं । साउदी, कतार र कुवेतबाट पनि सरकारले नियमित उडान सुरु गर्ने भएको छ ।

 

 

सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि खाडीका तीन देश कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने जनाएको छ ।

 

यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले यी देशमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडीका देशबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो ।

 

 

यी देशबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन देशबाट अन्तर्राष्ट्रिय उडान सङ्ख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने जानकारी दिनुभएको छ ।

 

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ ।

 

थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एअरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।कुवेतबाट जजिरा एअरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १७:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...