काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगर बुधबार उपचारका लागि बेल्जियम गएका छन् ।
भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम गएका हुन् ।
बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल गर्ने उनले बताएका छन् ।
घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै विमलले २० दिनको युरोप बसाइँका क्रममा ट्रेनिङका साथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाका बारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताएका छन् ।
प्रकाशितः २०७३ वैशाख ३०
वि.सं.२०७३ वैशाख ३० बिहीवार १५:५० मा प्रकाशित