back

ल्हारक्यालसँग ९ करोड बिगो माग्दै अख्तियार अदालतमा !

काठमाण्डौं । एकिकृत माओवादीका सा‌ंसद ल्हारक्याल लामालाई अख्तियारले ९ करोड विगो र त्यति नै जरिवाना सहित कानुन बमोजिम कैदसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो । सम्पत्ति विवरणमा आफ्नो कमाइ २० करोड बराबर रहेको उल्लेख गरेका ल्यारकालस‌ंग २९ करोड ७८ लाख १४ हजार रुपैँया रहेको अख्तियारले जनाएको छ।

‘निजले पेश गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन २० करोड ३४ लाख ,४१ हजार ८२१ रहेकोमा निजले घर निर्माण, जग्गा खरिद, सेयर खरिद,सवारी साधन खरिद, ऋण सापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम २९ करोड ७९ लाख १४ हजार देखिएको’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले अनुसन्धानकै क्रममा केही समय अघि उनको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको शाखामा रहेको लकरबाट १४ थान गोली भेटिएको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। बैंकमा गएर लकर खोल्दा सुनचाँदी राख्ने स्थानमा १४ थान गोली भेटिएको थियो।

३० बैशाख २०७३, २.००

वि.सं.२०७३ वैशाख ३० बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

वि.सं.२०८० असोज ७ आइतवार १६:२५

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल...

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...