back
NMB ad

संकटमै सम्पन्‍न हुँदै विमानस्थल

Kumari bank ad

काठमाडौं । लकडाउन अवधिमा अधिकांश साना–ठूला आयोजनाका काम रोकिए।

 

कामदार अभावसँगै कोरोना संक्रमण त्रासले आयोजना प्रभावित भए । तर, भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन।

लकडाउनको सुरुआतमा समस्या आए पनि त्यसलाई सल्टाउँदै आयोजना अघि बढेपछि प्रगति देखिएको छ। यो विमानस्थलको काम अन्तिम चरणमा छ। यस आयोजनाको लकडाउन अवधिको भौतिक प्रगति साढे ४ प्रतिशत छ।

भौतिक संरचनाका मुख्य काम सकिएका छन्’, आयोजना प्रमुख प्रवेश अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘आयोजना सम्पन्न हुन अबको काम उपकरण जडान र केही फिनिसिङ मात्र हो।’ उनका अनुसार विमानस्थलको काम करिब ९३ प्रतिशत सम्पन्न भएको छ। बाँकी ७ प्रतिशतमध्ये ५ प्रतिशत उपकरण जडानको काम हो भने २ प्रतिशत फिनिसिङ।

उपकरण जडान गर्न चीनबाट ३५ जना दक्ष जनशक्ति आउन लागेका छन्। आयोजना प्रमुख अधिकारीका अनुसार यहाँ आउन उनीहरूले चीनस्थित नेपाली दूतावासमा भिसा प्रक्रिया अघि बढाएका छन्।

३५ जनामा तीनवटा एसी जडान, धावनमार्गमा लाइटिङसम्बन्धी र टर्मिनल भवनमा अन्य उपकरण जडान गर्नेहरू छन्। विद्युतीय उपकरण जडानसँगै विमानस्थल सञ्चालनमा आउनेछ। यो अवधि भनेको जम्मा ९० दिन हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही दिनअघि विमानस्थल निरीक्षण गरेका थिए। त्यस क्रममा मन्त्री भट्टराईले भनेका थिए, ‘कोभिड १९ को महामारीले असर नगरेको भए आयोजना सम्पन्न भएर विमान उडानको प्रक्रिया पनि सञ्चालन भइसक्ने थियो।’

कोरोना महामारीका कारण हवाई उडान नहुँदा चीनबाट दक्ष जनशक्ति आउन नसकि आयोजना सम्पन्न गर्न ढिलाइ हुन पुगेको हो। दक्ष जनशक्ति आउन नसके पनि विमानस्थलमा अन्य काम भने तीव्र रूपमा भइरहेको छ।

आयोजनाका अनुसार विमानस्थलको ३ हजार मिटर लामो धावनमार्ग तयार छ। प्रशासनिक भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, विमान पार्किङस्थल, अन्तर्राष्ट्रिय टर्मिनल भवन, अग्निनिवारण भवन तयार छन्।

धावनमार्ग, ट्याक्सी वे, विमान पार्किङ स्थलमा लाईटिङ, टर्मिनल भवन र कन्ट्रोल टावरमा विद्युतीय उपकरण जडान र अग्निनिवारण भवनमा केही ढोका लगाउन मात्र बाँकी छ। टायल्स, मार्बल्स र रंगरोगनमा सजिएर विमानस्थलको टर्मिनल, प्रशासनिक भवन, धावनमार्गलगायत आकर्षक देखिएका छन्। विमानस्थलको भौतिक संरचनाले अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप देखिएको छ।

यहाँ दुईवटा ठेक्कामार्फत काम भइरहेको छ, आईसीबी वान र आईसीबी टु। आईसीबी वानअन्तर्गत भौतिक संरचनाका काम हुन्। आईसीबी टुअन्तर्गत सञ्चार र मौसम पूर्वानुमानसम्बन्धी उपकरण जडानका काम पर्छन्।

आईसीबी वानका काम अन्तिम चरणमा छन्। आईसीबी टुका लगभग ९८ प्रतिशत उपकरण आयोजनास्थलमा आइसकेका छन्। जडान गर्न मात्र बाँकी छ। वानअन्तर्गतका केही उपकरण सीमा बन्दका कारण आउन नसके पनि हाल उपकरण समुद्री र सडक मार्गबाट आउने क्रममा रहेको आयोजना प्रमुख अधिकारीले बताए। ‘यहाँ भौतिक संरचना सबै तयार छन्।

उपकरण जडान गर्नु मुख्य काम हो’, उनले भने, ‘जनशक्ति आएको ९० दिनभित्र सबै काम सकिन्छ।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०७:३८ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...