back
NMB ad

आर्थिक बर्ष ०७७/७८ का लागि त्रिविले पारित गर्यो २१ अर्ब ८६ करोड बजेट

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक बर्ष २०७७/०७८ का निती कार्यक्रम तथा बजेट परित तथा विभिन्न नितिगत निर्णयहरु गरी सम्पन्न भएको छ ।

आर्थिक बर्ष ०७७र०७८ का लागि रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित सँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधीमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परिक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यतिा अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरिएको छ ।

विद्युतिय माध्याम(अनलाइन) प्रविधिको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति के.पी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रसंशनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।

सिमित श्रोत र साधनको कठिनाईका बाबजुत विश्वविद्यालयले अन्तराष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवम व्यवहारीक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

नेपालको सन्र्दभमा त्रिभुवन विश्वविद्यालयनै आधुनिक शिक्षाको धरोहर भएको भन्दै हाम्रालाई त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त तक्षशिक्षा,नालान्दा,अक्सफोड र क्याव्रिज विश्वविद्यालय सरह रहेको भन्दै उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान,चेतना,सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताउनुभयो ।

उच्चशिक्षा मौलिक,विश्वस्तीय एवम् प्रतिस्पर्धी हुनुपर्ने धारण राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा बर्तमान युगको आवश्यकता रहेको धारणा अभिव्यक्त गर्नुभएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशिल एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो वासस्थानलाईनै शिक्षणसिकाईको महत्वपूर्ण स्थानको रुपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरको रुपमा लिन सम्पूर्ण शिक्षक एवम् प्राध्यापकहरुलाई अनुरोध समेत गर्नुभएको थियो ।

कोभिड १९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उहाँले बैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई कायम राख्ने बताउनुभयो ।

शिक्षामा बजेट कटौती हुने अवस्था अवका दिनमा नआउने भन्दै प्राप्त शैक्षिक अवसरलाई कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रतिष्ठानहरुलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको पुनःसरंचनाबाट नै मुुलुकको समग्र उच्चशिक्षाकाके पूनःसंरचना हुने भन्दै उहाँले विश्वविद्यालको भिमकाय स्वरुपनै कतिपय अवस्थामा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधी नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशिल गरिएको, विश्वविद्यालयको अन्तराष्ट्रिय स्तरनिर्धारणमा उल्लेख्य उपलब्धी प्राप्त गर्न सफल भएको,कक्षाकोठामा प्रविधीको पहुँच विस्तार गरिएको,लामोसमयदेखि विश्वविद्यालयको समस्या बन्दै आइरहेको निवृत्तिभरणको दीर्घकालिन समाधान खोजिएको बताउनुभयो ।

उहाँले संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुलाई अवसर दिन र प्राध्यापकहरुको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष अनुरोध गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले सभासमक्षण आर्थिक वर्ष २०७७/०७८ को निजि तथा कार्यक्रम र बजेट प्र्रस्तुत गर्नुभएको थियो ।

आर्थिक बर्ष २०७७/०७८का लागी प्रस्ताविक बजेट रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारमा नियमित कार्यक्रम तर्फ रु ११ अर्व ९५ करोड ३९ लाख ६६ हजार रहेको छ भने आन्तरिक तर्फ संचालन तथा पुँजीगत खर्च ९ अर्व ५१ करोड ५ लाख ५६ हजार र विकास कार्यक्रममा रु ४० करोड रकम प्रस्ताव गरिएको छ ।

 

साथै आगामी बर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट रु १ अर्ब ५० करोड व्यर्होने र बाँकी १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान मार्ग गर्ने समेत प्र्रस्ताव गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय सभाले त्रि.वि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद १७ को १०८ को (ख), (ग) र नियम १३३ बमोजिम पुनरावदेन आयोगको सदस्य पदमा त्रिवि कार्यकारी परिषदको मिति २०७६/१०/१३ को निर्णयानुसार मनोनयन हुनु भएका सदस्यहरु प्राध्यापक तिर्थराज पराजुली र प्राध्यापक केशव सुवेदीको मनोनयन अनुमोदन गरेको छ ।

 

त्रिभुवन विश्वविद्यालयबाट निवृत्त शिक्षक कर्मचारी त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको कुनै पदमा नियुक्त भएमा निवृत्तिभरण प्रदान गर्ने सम्बन्धमा त्रि.वि कार्यकारी परिष्दको २०७६/३/२०को बैठकको निर्णय नं.२५१६ बाट सिफारिस भए बमोजिम त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ५४ उपनियम (५क) र (५ख)मा समेत संशोध गरी अन्य स्थानमा नियुक्तभएका शिक्षक कर्मचारीको निवृत्तिभरणको भार विश्वविद्यालयले नवोक्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सभामा सभासदहरु त्रिभुवन विश्वविद्यालय प्राध्याक संघका अध्यक्ष डा. बसन्त ढकाल, पब्लिक क्याम्पसहरु मध्येवाट क्याम्पस प्रमुख भोलानाथ ओझा, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा बुद्धराज थापा,रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पसप्रमुख जिवनधर ज्ञवाली, पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेल, रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाही, जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा गोविन्द सुवेदी, त्रिवि कर्मचारी संघका केन्द्र्रीय अध्यक्ष भोजराज राउत,प्राध्यापक लक्ष्मी प्रसा मैनाली, दक्षिण एसियाली अनुसन्धान केन्द्र(सिनास)का कार्यकारी निर्देशक डा.मिग्रेन्द्र बहादुर कार्की लगायतले मन्तव्य गर्नुभएको थियो ।

सभामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुषालले कोेभिड १९ को संक्रमणको जटिल परिस्थितिको कारण विद्युतिय माध्यामको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको बताउनुहुँदै कठिनाईपूर्ण पस्थितिको बावजुतपनि सभामा उपस्थिति हुनुहुने सम्पूर्ण त्रिभुवन विश्वविद्यालय सभाका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १९:१५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...