back
NMB ad

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणलीमार्फत

Kumari bank ad

खोटाङ । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ ।

दाबी बिरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सात वडामध्ये शुरुमा वडा नम्बर–४ बाक्सिला र वडा नम्बर–५ सप्तेश्वरका लाभग्राहीलाई बैङ्कमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

क्रमशः अन्य वडाका लाभग्राहीलाई पनि बैङ्कमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आगामी मङ्सिरमा सामाजिक सुरक्षा भत्ताको दोश्रो चौमासिक निकासा हुँदैछ ।

गाउँपालिकाको गत भदौ ११ गतेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको थियो ।

सामाजिक सुरक्षा भत्तामा पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन नेपाल सरकारको नीतिअनुसार आर्थिक वर्ष २०७३र०७४ देखि नै बैङ्कमार्फत वितरण गर्ने पहल गरिए पनि अधिकांश स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

दश स्थानीय तह रहेको जिल्लामा कर्मचारीमार्फत लाभग्राहीको घरघरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको पाइएको छ ।

पछिल्लो समय साकेला गाउँपालिका–४ मात्तिममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको पाइएको हो ।

वडाध्यक्ष भट्टराईको मिलेमतोमा लामो समयदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाएपछि गाउँपालिकाले छानविन शुरु गरेको छ । गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा समिति गठन गरेर छानविन शुरु गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततामा संलग्न जोकोहिलाई कारवाहीको दायरामा ल्याउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहो¥याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइयो”, उनले भने, “आगामी दिनमा यस्तो अनियमितता हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।”

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ ।

दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए ।

यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ ।

वि.सं.२०७७ असोज १८ आइतवार ०८:०७ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...