back
NMB ad

नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै

Kumari bank ad

काठमाडौं । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो ।

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो ।

काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो ।यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए ।

बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ ।

बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् ।

अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु नपर्नै आजको गोरखापत्र दैनिकमा खवर छ ।

ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्छन्, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०७:१६ मा प्रकाशित

You can share this post!

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...