back
NMB ad

समुदायमा फैलिदै कोरोना : आज बसेको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय !

Kumari bank ad

डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ ।

उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो ।

त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय त्यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।

वि.सं.२०७७ असोज २४ शनिवार १४:५७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...