back
NMB ad

गुण नियन्त्रण विभागद्वारा तीन पानी उद्योगमा सिलबन्दी

Kumari bank ad

काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका तीनवटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ। विभागले मनमैजुका समुल ग्रुप इन्डस्ट्रिज प्रालि, क्रिस्टल एक्वा सर्भिस प्रालि र एक्वा स्टार मिनरल वाटर उद्योगको पानी उत्पादन तथा बिक्री वितरणमा रोक्का गरी सिलबन्दी गरेको हो।

उक्त पानी उद्योगले उत्पादन हुने प्रशोधित पानी प्याक गरिएका जार तथा बोतलको बिर्कोमा अनिवार्यरुपमा विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर सम्बन्धीत उद्योगको नाम स्रिंक र्याप गरी नलगाएकाले विभागले सिलबन्दी गराएको बताएको छ।

विभागले जेठ १ गतेदेखि यस्ता पानीका जार तथा बोतलको बिर्कोमा अनिवार्यरुपमा अनुज्ञापत्र नम्बर र उद्योगको नाम उल्लेख गर्न निर्देशन दिएको थियो।

हिजोबाट नियम लागू भइसकेका कारण विभागले आज गरेको अनुगमनमा उक्त उद्योगहरुले नियम पालना नगरेको पाएको बताएको छ। अनुगमन जिल्ला प्रशासन कार्यलय काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र महानगरीय प्रहरी वृत्त बालाजुको संयुक्त प्रयासमा भएको थियो।

बजारमा बिक्री वितरण भइरहेको जार तथा बोतलमा प्याक गरिएको प्रशोधित पानीको स्वच्छता र गुणस्तर कायम राख्न विभागले नयाँ नियम ल्याएको हो। उद्योगको नाम र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञापत्र नम्बर हेरेर मात्र किन्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ।

३ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ ३ सोमवार १३:४८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...