back
NMB ad

लकडाउन सम्बन्धी नयाँ प्रतिबन्ध घोषणा !

Kumari bank ad

एजेन्सी । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले लकडाउन सम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

 

ब्रिटिस संसद् हाउस अफ कमन्समा प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संतार माध्यमहरुले जनाएका छन् । त्यसको लगत्तै प्रधानमन्त्री जोन्सनले टेलिभिजन सम्बोधनमा पनि नयाँ प्रतिबन्धबारे जानकारी गराउनु भयो ।

राष्ट्रव्यापी रुपमा लकडाउन नहुने स्पष्ट गर्दै उहाँले मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नु पर्नेछ यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै आफ्नो परिवार बाहेकका मानिससँग भेटघाट गर्न प्रतिबन्ध लगाइनेछ ।

अति उच्च जोखिम भएका स्थानमा भने पब, बार, रेस्टुरेन्टलगायत क्षेत्रहरु बन्द गरिनेछन् । तर पसल, स्कुल तथा विश्वविद्यालय भने खुल्ला रहनेछन् ।

इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ । लिभरपुललाई बुधबारदेखि अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ ।

हरेक १ लाख जनसंख्यामा १ सय भन्दा कम संक्रमित रहेको क्षेत्रलाई मध्यम, १ सय बढी संक्रमित रहेको क्षेत्रलाई उच्च र संक्रमण निकै उच्च रहेको क्षेत्रलाई अति उच्च तहमा राखिनेछ ।

सरकारले स्थानीय निकायलाई करिब एक बिलियन पाउण्ड नयाँ आर्थिक सहायता दिने पनि बताएको छ । प्रधानमन्त्री जोन्सनले प्रभावकारीे कार्यान्वयन भए कोरोना रोकथामका लागि नयां नियम पर्याप्त भएको बताउनु भयो । तर, तीव्र रुपमा फैलँदो कोरोना संक्रमण यस्तो लकडाउनले नियन्त्रण हुनेमा इंंग्ल्याण्डका प्रमुख चिकित्सकहरु भने विश्वस्त छैनन् ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:१५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...