back
NMB ad

पदमार्गबाटै दुई महिनामै रु दुई लाख ५० हजार आम्दानी !

Kumari bank ad

धुन्चे । पर्यटकीय क्षेत्रमा भूकम्पपछि लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सहयोग आयोजना, डब्लु डब्लु एफ र हरियो वन कार्यक्रमद्वारा गत वैशाख १२ गते भूकम्पले क्षति पुयाएको स्याफ्रुबेँसी, वम्पु, रिम्चे क्षेत्रको नदी किनारको साविक पदमार्ग पुनःनिर्माण एवम् मर्मत गरेपछि पर्यटकको आगमन सुरु भएको र ठाउँठाउँमा रहेका होटल, चिया पसल सञ्चालनमा ल्याई व्यवसायीले मनग्य आम्दानी लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

गत फागुन ९ गतेदेखि सञ्चालनमा आएको बम्वु क्षेत्रको तिब्बत गेस्ट हाउसले दुई महिनाको अवधिमा रु दुई लाख ५० हजार आम्दानी गरेको उक्त गेस्ट हाउसका प्रबन्ध सञ्चालक क्याप छिरिङले बताए । लाङटाङ खोलातीरको पैदल मार्गबाट दिनहुँ सरदर १५ जना पर्यटक ओहोरदोहोर गर्न थालेका छन् ।

स्याफ्रुबेँसी, पहिरो क्षेत्र, तिवारीलगायतका क्षेत्रमा चिया पसल र होटल खोली, सौर्यऊर्जाबाट बत्ती, धारा एवम् शौचालय समेतको व्यवस्था मिलाइ सकिएको बताइएको छ ।

लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाका अनुसार लाङ्टाङ पर्यटकीय पदमार्ग खुलिसकेको र स्याफ्रुबेँसीबाट क्याङजेनसम्म होटल सञ्चालनमा आइसकेका कारण पर्यटकलाई पदमार्गमा खानबस्न समस्या नपर्ने बताउँदै क्याङ्जेनमा ३०० र लाङटाङमा १०० जना बस्ने क्षमताका होटल रहेको जानकारी दिएका थिए ।

४ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:५३ मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...