back
NMB ad

लकडाउन खुलेपछि बढ्यो कर्जा प्रवाह

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा राष्ट्र बैंकमा बुझाएको अपरिष्कृत तथ्यांकको विवरण हो । कोभिड–१९ ले सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा पनि झन्डै सवा अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

कोरोनाको जोखिमबाट बच्न भन्दै सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । चैतमा लकडाउनअघि केही कर्जा प्रवाह भएको थियो । पछि पनि पहिल्यै स्वीकृत भएका केही कर्जा प्रवाह भएको देखिन्छ । त्यसपछि वैशाख, जेठ, असार र साउनमा थप कर्जा प्रवाह ठप्पप्रायः रह्यो । बरु लगानीमा रहेका केही कर्जा असुली भएकाले कुल लगानीमा रहेको कर्जा घट्यो । मासिक कर्जा वृद्धिदर ऋणात्मक रह्यो । तर भदौदेखि बिस्तारै कर्जा प्रवाह बढ्न थाल्यो ।

विवरणअनुसार गत भदौमा थप ३४ अर्ब र असोजमा ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यससँगै गत असोज २८ सम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ३३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:४२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...