back
NMB ad

अबको बजेट समाजवाद उन्मुख, कार्यान्वयनमा नआएका आयोजना खारेज हुने

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले सम्वृद्धिसहितको समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आज मंगलबार आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले संविधान, संघियता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि बजेटमार्फत कार्यप्रारम्भ गर्ने बताए ।

संसद्को कृषि तथा जलस्रोत समिति सभापति गगन थापाले फागुन महिनामा ‘पोलिसी अडिट’ गर्नुपर्ने र फागनु पछि पनि कार्यान्वयनमा आउन नसकेका आयोजना खारेज हुने व्यवस्था गर्नुपर्ने बताए । विकासको बाधकको रुपमा विद्यमान ऐन, कानून रहेको भन्दै उनले विद्युत ऐन, जग्गा ऐन जस्ता करिब ३५ वटा विभिन्न ऐन छिटो संसदबाट पारित गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उर्जाको अभावमा उद्योग संचालन हुन नसक्ने भन्दै उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए ।

अर्थविद् प्रा।डा। विश्वम्भर प्याकु¥यालले कृषि क्षेत्रको विकास नभएसम्म अरु केहि हुनै नसक्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले उत्पादन बृद्धिमा जोड दिदै नेपालको कृषि क्षेत्रलाई भारतसँग प्रतिष्पर्धा गर्न सक्ने गरी बजेट ल्याउनुपर्ने बताए ।

कार्यक्रममा सांसद् उदय शम्सेर राणा, नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाह, नेपाल उद्योग परिसंघका सतिश मोर, ईपानका महासचिव कुमार पाण्डे, नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवाल, पर्यटन व्यवसायी भरत बस्नेत, गार्मेट संघका अध्यक्ष अशोक अग्रवाललगायतले आगामी बजेटमा नीतिगत परिवर्तनका लागि सुझाव दिएका थिए ।

४ जेठ २०७३, ४।००

वि.सं.२०७३ जेठ ४ मंगलवार १६:४२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...