back
NMB ad

आदर्श सञ्चारले यसरी सम्पन्न गर्यो १४ औँ एकाई साधारण सभा

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ एकाईगत साधारण सभा आइतबार बरेङमा सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै बरेङ गाउँपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनले सहकारीलाई अझ सेवा र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय अधिक संख्यामा सहकारी खुल्ने र ती नाफा कमाउनमा केन्द्रित भएको भन्दै उहाँले संस्थामा संकलित स्रोत र पूँजिको परिचालन गरेर गरिब बिपन्न नागरिकको जीवनस्तर उकास्न तर्फ लाग्नु पर्नेमा उपाध्यक्ष पुनले जोड दिनुभयो ।

साधारणसभामा संस्थाका सचिव ललिता थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आदर्शका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’, बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्जा कारोबार गर्ने जयराम शर्मालाई पुरस्कृत समेत गरिएको थियो ।  आदर्शले यसवर्षदेखि २ हजार भन्दा बढी शेयर सदस्य पुगेकाले बिभिन्न स्थानमा एकाईगत साधारणसभा गरेको छ ।

जस अनुसार, यसअघि काठेखोला र गलकोटमा सम्पन्न भइसकेको छ । जैमिनीमा सोमवार गर्ने भनिएको एकाईगत साधारणसभा कोरोना संक्रमणका कारण कुश्मिशेरा बजार बन्द गरिए पछि स्थगित गरिएको छ ।

अब बागलुङ नगरपालिकाका बिभिन्न वार्डको छुट्टा–छुट्टै २४, २५, २६ गते र २७ गते प्रतिनिधिमूलक साधारणसभा बागलुङ बजारमा गरिने संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

हाल आदर्श सञ्चार सहकारी संस्थामा २ हजार २ सय २८ जना शेयर सदस्य छन् । ४ करोड ५१ लाख शेयर पूँजि, ३२ करोड निक्षेप र २८ करोड कर्जा लगानी छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षता,आदर्श सञ्चार बरेङ गाउँपालिका समन्वय उप–समितिका संयोजक जयराम शर्माको स्वागत मन्तव्य र प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १९:४२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...