back
NMB ad

चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन मन्त्री गुरुङको आग्रह

Kumari bank ad

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुनेगरी इमान्दार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

‘चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन म मन्त्रालय अन्तरगतका सबै निकायलाई आग्रह गर्दछुु’, मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ मा संचालित कार्यक्रमहरुको प्रथम चौंमासिक समिक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई समापन गर्दै उहाँले भन्नुभयो, ‘सूचना र प्रविधिको माध्यामबाट मुलुुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान जोड दिनु पर्दछ ।’

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने उल्लेख गर्दै नागरिकप्रति जवाफदेही हुने गरी कार्य सम्पादन गर्न कर्मचारीहरुले इमान्दारका साथ काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले कार्यविधि, नियमावली, निर्देशिकाहरु विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने पनि स्पष्ट पार्नु भयो । मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेमचेन्जर प्रोग्राम छनौटको कामलाई ढिलाई गर्न नहुने पनि स्मरण गराउनुभयो । आम सञ्चार, दूूर सञ्चार, सूचना प्रविधिको क्षेत्रमा गेम चेन्जर प्रोग्रामको छनौट गरी अघि बढाउन लागिपर्ने मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत् दीगो विकास लक्ष्य हासिल हुनेगरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरे अनुसार काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावलीहरु बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी काम गर्न मातहतका कर्मचारीहरु आग्रह गर्नु भएको थियो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १८:५८ मा प्रकाशित

You can share this post!

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...