back
NMB ad

सार्क मुलुकबीच सहकार्यमा जोड

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औँल्याएका छन् ।

सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महत्त्वमा जोड दिइरहेको छ भने ।

कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पारे । सो क्रममा उनले अवरुद्ध सार्क शिखर सम्मेलन सुचारु गर्न नयाँ सुरुवात गर्दै प्रारम्भिक बैठक गरेर जनतामा आशा जगाइ अगाडि बढ्ने अवसर प्रदान गर्न सकिने बाटोसमेत देखाए ।

सार्क दिवसमा उनले दिएको शुभकामना सन्देशमा सार्क बडापत्रले दक्षिण एसियाकोे साझा दृष्टिकोण, सामूूहिक सङ्कल्प र पारस्परिक प्रयास मार्फत यस क्षेत्रको गरिबी उन्मूलन, तीव्र आर्थिक वृद्धि र सामाजिक–सांस्कृतिक विकासको प्रगतिको माध्यमबाट स्थायित्व र समृद्धि प्रवद्र्धन गर्न जोड दिएको  समाचार आजको गोरखापत्र दैनिकमा छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०७:४६ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...