back
NMB ad

भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

भ्रष्टाचार जटिल सामाजिक, राजनीतिक र आर्थिक तत्व हो जसले सबै देशलाई उल्लेखनीय असर पु¥याउँछ । भ्रष्टाचारले लोकतान्त्रिक संरचना र संस्थालाई क्षति पु¥याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाउँछ र आर्थिक विकासमा सुस्तता ल्याउँछ ।

भ्रष्टाचारले लोकतान्त्रिक संरचना, नियम, कानुनमा क्षति पु¥याई कर्मचारीतन्त्रलाई घुसको दलदलमा फसाउँछ । भ्रष्टाचारले आर्थिक विकास ठप्प पारेर प्रत्यक्ष वैदेशिक लगानी हतोत्साही गर्छ र देश भित्रकै लगानीकर्तालाई पनि लगानी खर्च जुटाउनै कठिन पर्छ ।

त्यसैले राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित ग¥यो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अनुमोदन पनि गरिसकेको छ ।

महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गीकार गरिएको छ ।

यस दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशमा भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएका्े छ । उहाँले कोभिड–१९ को महामारीलाई पारित गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिनुभएको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०७:५९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...