back
NMB ad

अवैध क्रसरप्रति कठोर बन्दै सरकार

Kumari bank ad

काठमाडौं । दर्ताबिनै सञ्चालित क्रसर तथा बालुवा प्रशोसन उद्योग बन्द गरिने भएको छ । अनुमति लिएर पनि मापदण्ड पूरा नगरेका उद्योगका हकमा भने लचिलो बन्न सकिने गृह मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले त्यस्ता उद्योगबाट मापदण्ड पालनाको समयबद्ध कार्ययोजनासहितको प्रतिबद्धता लिई मनासिव समयअवधि दिएर मापदण्ड पूरा गरेपछि मात्र उद्योग सञ्चालन गर्न दिने निर्णय भएको छ ।

दर्ता नभई र मापदण्ड पूरा नगरी सञ्चालित क्रसर उद्योग चलाउन भने अब नपाइने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

‘मापदण्डमा केही समस्या भए त्यसलाई संशोधन प्रक्रियामा लैजाने र व्यावहारिक बनाउने निर्णय भएको छ,’ सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच मंगलबार गृह मन्त्रालयमा बैठकले गरेको निर्णयबारे उनले भने, ‘घाटगद्दीमा रहेका सामानको रेकर्ड राखी बिक्री गर्न दिइनेछ ।

विकास निर्माणमा असर नगरोस् भन्नेमा सचेत छौं ।’ अवैध क्रसर बन्द गराउन सरकार कठोर बन्दै गएपछि अहिले बजारमा निर्माण सामग्रीको अभाव बढेको छ । तेब्बरसम्म मूल्य तिरेर सामान किन्नुपरेको लाभग्राहीको गुनासो छ । कान्तिपुरमा खबर छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०८:१७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...